श्रावण ७, २०८२ बुधबार July 23, 2025

ऋणको भारले थिचिँदै नेपाली : प्रतिव्यक्ति ८१ हजारको भारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सार्वजनिक ऋणको भार तीव्र गतिमा वृद्धि हुँदै गएको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ८५ अर्ब १३ करोड रुपियाँले सार्वजनिक ऋण वृद्धि भई २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपियाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार सरकारको ऋण हरेक वर्ष बढ्दै जाँदा पछिल्लो पाँच वर्षमा दोब्बरभन्दा बढीले सार्वजनिक ऋण वृद्धि भएको छ।

आर्थिक २०७५/७६ सम्म १० खर्ब ४८ अर्ब १५ करोड रुपियाँ मात्रै सार्वजनिक ऋण रहेको थियो। २०७८ को जनगणनाका आधारमा प्रतिव्यक्ति ऋणको भार ८१ हजार ७ सय ५९ रुपियाँ पुगेको छ।

चालू आर्थिक वर्षमा मात्रै प्रतिव्यक्ति ऋणको भार करिब ३ हजार रुपियाँले वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति ऋण ७८ हजार ८ सय ४० रुपियाँ थियो।

सरकारले लिएको सार्वजनिक ऋणमध्ये आन्तरिकतर्फ ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख र वाह्यतर्फ ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपियाँ छ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारमा ४४ दशमलव ३१ प्रतिशत सार्वजनिक ऋण रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार हाल नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपियाँ रहेको छ।

सरकारले चालू आर्थिक वर्षमा १ खर्ब १६ अर्ब ५८ करोड ५ लाख रुपियाँ सार्वजनिक ऋण व्यवस्थापनका निम्ति खर्च गरेको छ।

जसमध्ये आन्तरिक ऋणको साँवा ५९ अर्ब ३७ करोड १६ लाख र ब्याज ३४ अर्ब १९ करोड ४८ लाख गरी ९३ अर्ब ५६ करोड ६४ लाख रुपियाँ भुक्तानी गरेको छ।

त्यस्तै, बाह्यतर्फ साँवा १८ अर्ब ७ करोड ९८ लाख र ब्याज ४ अर्ब ९३ करोड ४३ लाख गरी २३ अर्ब १ करोड ४१ लाख रुपियाँ भुक्तानी गरेको छ।

सोही अवधिमा सरकारले १ खर्ब २८ अर्ब ३१ करोड आन्तरिक र ३४ अर्ब २७ करोड ४९ लाख वाह्य गरी कुल १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपियाँ ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

सरकारले ऋणको साँवा ब्याज भुक्तानीका निम्ति वित्तीय व्यवस्थापन शीर्षकमा चालू आर्थिक वर्षमा ३ खर्ब ७४ अर्ब ५ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

सरकारी तथ्यांकलाई हेर्दा विकास निर्माणका निम्ति गरेको खर्चभन्दा ऋण व्यवस्थापनमा गरेको खर्च उच्च छ। चालू आर्थिक वर्षको छ महिनामा विकास निर्माणका निम्ति गरिने पुँजीगत खर्च जम्मा ५३ अर्ब अर्थात् १८ प्रतिशतको हाराहारीमा मात्रै खर्च भएको छ।

पुँजीगत खर्च न्यून भए पनि सार्वजनिक ऋण बढ्दै जाँदा सरकारले ऋण लिएर साधारण खर्च धान्दै आएको देखिन्छ।

माघ महिनाको पहिलो सातासम्म सरकारले ५ खर्ब २५ अर्ब १५ करोड २९ लाख रुपियाँ आम्दानी गर्दा ५ खर्ब ९३ अर्ब ७९ करोड ५२ लाख रुपियाँ खर्च गरेको छ।

अर्थात् छ महिनामा सरकारलाई ६८ करोड रुपियाँको हाराहारीमा बजेट घाटा रहेको स्थिति छ।नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार