श्रावण १, २०८२ बिहिबार July 17, 2025

अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ३५ प्रतिशतले कटौती गर्ने क्यानडाको घोषणा

विभिन्न तहमा गरी करिव ८ लाख विदेशी विद्यार्थी भित्र्याउने गरेकोमा अब यो संख्या घट्ने निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या कटौती गर्ने घोषणा गरेको छ । आवास तथा स्वास्थ्य सुविधाको चापका कारण संख्या कटौती गर्न लागिएको अध्यागमन अधिकारीहरुले बताएका छन् ।

अनियन्त्रित रूपमा विदेशी विद्यार्थी भित्र्याउँदा रोजगारी र शैक्षिक व्यवस्थापनमा समेत असर परेको भन्दै आलोचना भइरहेका बेला सरकारले यस्तो घोषणा गरेको हो ।

अध्यागमन मन्त्री मार्क मिलरले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा दुई वर्षका लागि नियन्त्रण योजना घोषणा गरिएको बताउनुभयो । नयाँ व्यवस्थाबाट अन्तर्राष्ट्रिय विद्यार्थीबाट चर्को शुल्क लिई कमजोर शिक्षा दिने शिक्षालयलाई नियन्त्रण गर्न पनि सहज हुने विश्वास गरिएको छ ।

नयाँ व्यवस्था लागू भएपछि अध्ययन भिसामा ३५ प्रतिशतले कमी आउने छ । ओन्टारियो लगायत केही प्रान्तहरूमा ५० प्रतिशतभन्दा बढी कटौती हुनेछ । स्नातकोत्तर तहभन्दामाथि अध्ययन गर्ने विद्यार्थीहरुलाई भने नयाँ नियमले असर नगर्ने बताइएको छ ।

क्यानडाले विभिन्न तहमा गरी करिव ८ लाख विदेशी विद्यार्थी भित्र्याउने गरेकोमा अब यो संख्या घट्ने भएको हो । क्यानडाले यसवर्ष स्नातक तहमा करिव ३ लाख ६० हजार विदेशी विद्यार्थी भर्ना लिने नीति बनाएको छ ।

नेपालबाट गत वर्ष सन् २०२३ मा क्यानडा अध्ययन गर्न जाने विद्यार्थी संख्या १५ हजार भन्दा बढी भएको नेपाल शैक्षिक परामर्श संघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार