श्रावण ५, २०८२ सोमबार July 21, 2025

कम्बोडियामा १ टनभन्दा बढी अवैध लागू औषध बरामद

बरामद लागू औषधमा हेरोइन, एक्स्टेसी, केटामाइन, निमेटजेपाम, कोकिन, क्रिस्टल मेथाम्फेटामाइन, मेथाम्फेटामाइन चक्की, क्याथिनोन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागू औषध बरामद गरेको छ ।

प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख ब्रिगेडियर जेनेल काङ साओकुनले जनवरी २० को राति चे सेन जिल्लामा छाडिएको एसयूभी कारमा  उक्त परिमाणको लागू औषध भेला पारिएको बताउनुभएको छ ।

9,034 drug suspects arrested, nearly 1 tonne of narcotics seized - Khmer  Times

उहाँले छिमेकी मुलुकबाट सीमा पार गरेर लागू औषध ओसारपसार गर्ने शङ्कास्पद व्यक्तिहरू उक्त क्षेत्रमा गस्तीमा रहेका प्रान्तीय सैनिक प्रहरी अधिकारीले देखेपछि कार छाडेर नजिकैको जङ्गलमा भागेको पनि उहाँले जानकारी दिनुभएको छ ।

‘कुल १ हजार २० किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन बरामद गरिएको छ र हामी सन्दिग्ध (हरू) को खोजी गरिरहेका छौं,’ उहाँले सिन्ह्वालाई भन्नुभयो ।

Tonnes of drugs set to be destroyed, clampdown goes on despite Covid |  Phnom Penh Post

सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको कारबाहीका क्रममा लागू औषध सन्दिग्ध कारोबारीहरूको कब्जाबाट कुल २.९७ टन सबै प्रकारका अवैध लागू औषध बरामद गरिएको प्रतिवेदनले जनाएको छ ।

बरामद लागू औषधमा हेरोइन, एक्स्टेसी, केटामाइन, निमेटजेपाम, कोकिन, क्रिस्टल मेथाम्फेटामाइन, मेथाम्फेटामाइन चक्की, क्याथिनोनलगायतका लागू औषध छन् । यहाँ अवैध लागू औषध तस्करलाई मृत्युदण्डको सजाय छैन तर ८० ग्रामभन्दा बढी अवैध लागू औषध ओसारपसारमा दोषी पाइएमा आजीवन कैद सजाय हुनसक्ने प्रावधान छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया