श्रावण ७, २०८२ बुधबार July 23, 2025

पोखरा विमानस्थलबाट हुने उडान बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ ।

राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ मा नौ लाख ५७ हजार हवाई यात्रु रहेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताउनुभयो । “यी यात्रुमध्ये झन्डै एक लाख २५ हजार विदेशी यात्रु पनि रहेका छन् ।

पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । पोखरा–मुग्लिङ विस्तारका क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरी गति लिन पाएको रेग्मीको भनाइ छ ।

गत वर्ष माघमा भएको हवाई दुर्घटनापछि करिब केही महिना प्रभावित बने पनि बिस्तारै गति लिँदै गएको उहाँले सुनाउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सबेरै र बेलुकी अबरेसम्म पनि उडान भइरहेका छन् । “अन्तर्राष्ट्रिय विमानस्थल भएकै कारणले बिहान सबेरै र राति अबेरसम्म उडान सञ्चालन गर्न मिलेको छ ।

पुरानो विमानस्थलबाट दिउँसो ४:३० बजेपछि उडान हुँदैनथ्यो तर अहिले रातिसम्म उडान हुन्छ । रात्रिकालीन उडानका लागि पनि अहिले सहज भएको छ । यसले यात्रु सङ्ख्या बढाउन सघाएको छ,” उहाँले भन्नुभयो । पोखरा–काठमाडौँबाहेक पोखराबाट नेपालगन्ज, भैरहवा, भरतपुरलगायतका गन्तव्यमा पनि उडान भएका छन् ।

सन् २०२२ मा पोखराका हवाई यात्रुको सङ्ख्या आठ लाख ८३ हजार ५३६ थियो । ती हवाई यात्रुमध्ये ८१ हजार १७६ जना विदेशी थिए । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार