गाजा, ११ माघ । गाजाको दक्षिणी सहर खान युनिसमा रहेको संयुक्त राष्ट्र संघको आश्रयस्थलमा इजरायली सेनाले गोलाबारी गर्दा कैयौं व्यक्तिको मृत्यु भएको
छ ।
प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र संघको गाजा एजेन्सीका प्रमुखका अनुसार इजरायली हमला बास्तवमै डर लाग्दो थियो ।
‘दुईवटा ट्याङ्कर राउण्डले ८०० जनालाई आश्रय दिने भवनमा हमला गरेको थियो, जसमा अहिलेसम्म ९ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको खबर छ,’ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी इन द नेयर इस्टका गाजा निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जालमा भने।
बुधवार पहिले छुट्टै पोष्टमा उनै ह्वाइटले भनेका थिए कि विस्थापित परिवारहरूलाई आश्रय दिने प्रशिक्षण केन्द्रमा आगो लगाइएको थियो।
पीडितको संख्या बढ्ने अनुमान गरिएको छ किनभने संयुक्त राष्ट्रका अधिकारीले घटनाले सामुहिक हताहत भएको बताएका छन् । इजरायली सेनाले सो आक्रमण गर्नु अघि कुनै चेतावनी जारी नगरेको उनले बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया