श्रावण ५, २०८२ सोमबार July 21, 2025

उत्तर कोरियाद्धारा आणविक क्षमता भएको नयाँ प्रकारको क्रुज मिसाइल परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्योङयाङ, ११ माघ । उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्न जारी राख्दै नयाँ पुस्ताको क्रुज मिसाइलको पहिलो परीक्षण गरेको बताएको छ ।

आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले बिहीबार जनाए अनुसार पुलहवासल–३–३१ मिसाइल अझै विकासको चरणमा रहेको छ । साथै, मिसाइललाई रणनीतिकको रूपमा वर्णन गरेको छ, यसलाई आणविक हतियारहरूसँग सशस्त्र बनाउने उद्देश्यलाई संकेत गरिएको छ ।

केसीएनएले कतिवटा क्षेप्यास्त्र प्रहार गरेको हो भने खुलाएको छैन ।

‘यो परीक्षणले छिमेकी देशहरूको सुरक्षामा कुनै असर गरेको छैन्, गर्ने पनि छैन् र क्षेत्रीय अवस्थासँग यसको कुनै सरोकार छैन,’ विज्ञप्तिमा भनिएको छ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधबार बिहान उत्तर कोरियाको पश्चिमी तटबाट धेरै क्रुज मिसाइलहरू प्रक्षेपण गरेको पत्ता लगाएको बताए।

जेसिएसले यो प्रक्षेपणको विश्लेषण गरिरहेको बताएको छ, जुन जनवरी १९ मा आणविक सक्षम अन्डरवाटर आक्रमण ड्रोनको परीक्षण र प्योङयाङको पहिलो ठोस इन्धन मध्यवर्ती रेंज ब्यालिस्टिक मिसाइलको पाँच दिन अघि परीक्षण फायरिङ पछि यो परिक्षण गरिएको हो ।

बिहीबारको यो प्रक्षेपण अवस्थित मिसाइलहरूको क्षमतामा अपग्रेडको परीक्षण हो भन्ने बुझिएको छ । उत्तर कोरियाले सेप्टेम्बर २०२१ मा रणनीतिक क्रुज मिसाइलको पहिलो परीक्षण गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया