श्रावण १, २०८२ बिहिबार July 17, 2025

चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी

स्वतन्त्र विद्यार्थी युनियनले १७ बुँदे माग राख्दै ताला लगायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडाैंकाे महाराजगञ्जस्थित चिकित्सा क्याम्पस डिन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले १७ बुँदे माग राख्दै आज तालाबन्दी गरेको छ।

युनियनले लामो समयदेखि विभिन्न माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै स्ववियु डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

आफ्ना मागहरुका विषयमा पटकपटक डिन कार्यालयलाई जानकारी गराउँदा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने संस्थाले समय अभाव भएको बहाना गर्दै सामान्य छलफल समेत नगरेको भन्दै तालाबन्दी गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

मागहरुको सुनुवाइ नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ। उनीहरुले क्याम्पसमा यूजी तथा पीजीका विद्यार्थीहरुका लागि उचित अनुपातका आधारमा ३०० बेड सहितको उचित होस्टेलको व्यवस्था हुनुपर्ने, पुस्तकालय २४सै घन्टा खुला हुनुपर्ने, इन्टर्नसिप चिकित्सकको तलब समयअनुसार बढ्नुपर्ने, फिल्ड भिजिटका क्रममा दैनिक भत्ता पाउनुपर्ने, पब्लिक हेल्थका विद्यार्थीहरुलाई छात्राबसको व्यवस्था हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको ऐन अनुसार विद्यार्थी कल्याण समिति निर्माणका लागि निर्देशन हुनुपर्ने लगायतका विभिन्न १७ बुँदे माग अघि सार्दै आन्दोलन गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार