काठमाडौं, १२ माघ । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् ।
शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन् । उनीहरुले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयनको निर्णय गरेका हुन् ।
भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउन गरिएको निर्णयबारे प्रदेशसभा संसद् सचिवालयलाई जानकारी गराइएको उनीहरुले जानकारी दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया