काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी) ले नेताहरुको नयाँ जिम्मेवारी तोकेको छ । सचिवालयको शुक्रबार बसेको बैठकले प्रदेशमा नयाँ जिम्मेवारी तोक्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज, गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्ज, गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष रहेका श्रीनाथ बराललाई अध्यक्ष मनोनयन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरी अशोक कोइरालालाई चयन गर्ने निर्णय गरेको छ । माघ १४/१५ बस्ने केन्द्रीय परिषद् बैठकले खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा नेताहरुलाई मनोनयन गर्ने खतिवडाले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया