श्रावण १२, २०८१ शनिबार July 27, 2024

कोशीमा ‘फ्लोर क्रस’ गर्ने जनप्रतिनिधीलाई कारबाही गर्ने प्रदेश गठबन्धन दलको निर्णय

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन्। विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा माओवादी उम्मेदवार कार्की पराजित बनेकी थिइन्।

यससँगै कोशी प्रदेशका माओवादी नेताहरूले कांग्रेसले बेइमानी गरेको बताउँदै आएका छन्। कांग्रेसकै कारण माओवादीले कोशीमा लगातार क्षति सहनुपरेको भन्दै सहकार्य तोड्ने चेतावनीसमेत दिएपछि शुक्रबार विराटनगरस्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको गठबन्धनका प्रदेश नेताहरूको बैठकले चुनावमा ुफ्लोर क्रसु गर्ने कार्यलाई गैरजिम्मेवार र निकृष्ट कार्य भन्दै फ्लोर क्रस गर्नेहरूबारे छानबिन गरेर कारबाही गर्ने निर्णय गरेको छ।joshi you

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरूले मत क्रस गर्नेलाई कारबाही गरेर गठबन्धन बलियो पार्ने बताएका छन्।नेपाली कांग्रेस दलका नेता उद्धव थापा, माओवादी नेता इन्द्र आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्र राई र जसपाकी नेता निर्मला लिम्बुले विज्ञप्तीमा हस्ताक्षर गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार