श्रावण १२, २०८१ शनिबार July 27, 2024

कांग्रेस अब सुध्रिएर अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

कांग्रेस संविधान निर्माण र कार्यान्वयनको पक्षमा निरन्तर लागिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस बागमती प्रदेश समितिको स्थापना दिवस समारोहलाई हेटौँडामा आज सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले आफ्ना कमीकमजोरी सच्च्याएर कांग्रेस सुध्रनुपर्ने बताउनुभएको छ ।

पछिल्लो समय पदमा पुगेपछि पार्टीभित्र वा जनप्रतिनिधि भएपछि आफ्नो जिम्मेवारी वहन गर्न उन्मुख नभएको भन्दै अब सुशासन र आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस संविधान निर्माण र कार्यान्वयनको पक्षमा निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजन केसी, केन्द्रीय सदस्य एवं प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नव निर्वाचित राष्ट्रिय सभा सदस्यहरु जीतजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण प्रसाद अधिकारी र धनश्याम रिजाल विश्वकर्मा, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, प्रदेश उपसभापति चन्द्र महर्जनले नेपाली काँग्रेसले देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार