असार २१, २०८२ शनिबार July 5, 2025

गोदाममै थन्कियो रासायनिक मल

२४ टन युरिया र ४७ टन डीएपी मल गोदाममै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः किसनले मल नपाइरहेको गुनासो आइरहँदा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको कृषि समाग्री कम्पनीको गोदाममा भने ७१ टन रासायनिक मल त्यसै थन्किएको छ ।

कोटाको आधारमा वितरण गरिने मल सहकारी संस्थाहरुले कम्पनीबाट नलैजादा गोदाममै थन्किएको हो ।

तोरी, गहुं, उखु लगाएत हिउदे बालीका लागि किसानलाई अहिले रासायानिक मलको आवश्यकता छ । जिल्लाका ९ सहकारीले मल नलगेको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख नरहरी पोखरेलले जानकारी दिनुभयो ।

पटकपटक पत्राचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको पोखरेलले बताउनु भयो ।

जिल्लाका ७ वटै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए । २४ टन युरिया र ४७ टन डीएपी मल गोदाममा थन्किएको छ ।

ढिलो गरी मात्र कृषि समाग्री कम्पनीमा मल आएको र प्रर्याप्त पनि नभएकाले सहकारीले मल खरिद नगरेको परासी आर्दश बहुमुखि सहकारीका व्यवस्थापक संजय सिंहले बतानुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार