श्रावण ७, २०८२ बुधबार July 23, 2025

द्रुत बसको सबै जानकारी मोबाइल एपबाटै

आफ्नो मोबाइल तथा ल्यापटपबाट यात्रुले एप प्रयोग गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः द्रुत बस सेवाबारे यात्रुहरूलाई जानकारी दिन सरकारले ‘एक्सपे्रस बस सर्भिस’ एप प्रयोगमा ल्याएको छ ।

एपमार्फत यात्रुहरूले द्रुत बसको नम्बर, चालकको नाम, बस रोकिने स्टप, आइपुग्न लाग्ने समय, लाइभ लोकेसन, भाडादरलगायत गुनासोसमेत राख्न मिल्नेछ । यातायात व्यवस्था विभागले दुई साताअघिदेखि यो एप सञ्चालनमा ल्याएको हो ।

एपले यात्रुका लागि आवश्यक पर्ने सबैखाले जानकारी दिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार यात्रुलाई चाहिने सबै जानकारी एप राखिएको छ । आफ्नो मोबाइल तथा ल्यापटपबाट यात्रुले एप प्रयोग गर्न सक्नेछन् । यसका लागि एप डाउनलोड गरेर विवरण भर्नुपर्नेछ । त्यसपछि द्रुत बसबारे सबैखाले जानकारी एपले दिनेछ । यात्रुहरूको प्रश्नको उत्तर, गुनासोसमेत राख्ने क्याटागोरी एपमा छ ।

‘यो एपको प्रयोग गर्दा यात्रुलाई द्रुत बस सेवाबारे थाहा हुन्छ,’ विभागका महानिर्देशक रिजालले भने, ‘बसलाई व्यवस्थित बनाउन हामीले दैनिक निगरानी पनि गरिरहेका छौँ ।’ उनका अनुसार सडक विभागले द्रुत बसको अनुगमन गर्न दैनिक तीनजना कर्मचारी खटाएको छ । ती कर्मचारी सूर्यविनायक, कोटेश्वर र रत्नपार्कमा खटिन्छन् । उनीहरूले द्रुत बसबारे जानकारी संकलन गरेर यातायात व्यवस्था विभागलाई जानकारी गराउने र एपमा अपडेट गर्ने गर्छन् ।

विभागले दैनिक ३६ वटा बस द्रुत बसका रूपमा सञ्चालन गर्दै आइरहेको छ । १० मंसिरबाट थप ११ वटा द्रुत बस सञ्चालन गरेको थियो भने त्यसअघि २५ बस सञ्चालनमा थिए । यी बस बिहान र बेलुकी तोकिएको समयमा तीन–तीन मिनेटको फरकमा छुट्छन् । बिहान ८:३० बजे तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्छन् भने दिउँसो ३:३० देखि ५:३० सम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन हुन्छन् ।

सरकारले ३ असारदेखि रत्नपार्कदेखि द्रुत बस सेवा सञ्चालन गरिएको थियो । उद्घाटनका दिन ट्राफिक व्यवस्था कडा पारेर शान्तिवाटिकादेखि सूर्यविनायकसम्म भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोली ४५ मिनेटमा पुगेको थियो । हाल द्रुत बसको लेन पहिलेभन्दा थप व्यवस्थित पारिएको छ भने स्टेसन पनि सहज बनाइएको छ । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार