श्रावण १२, २०८१ शनिबार July 27, 2024

राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरू सजग हुनुपर्छ – माधव नेपाल

वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयासलाई अझ बढाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको जनाउँदै यो प्रयासलाई अझ बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यो प्रयासलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने वा व्यवस्था परिवर्तन गर्ने कोसिस भइरहेकामा चिन्ता व्यक्त गर्दै वर्तमान व्यवस्थाका पक्षधर सजग हुनुपर्ने बताउनुभयो ।

“मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरू सजग हुनुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई  बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा विद्यमान वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रूपान्तरण गर्न पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले विश्व राजनीतिको चर्चा गर्दै उहाँले अन्तर्राष्ट्रिय मुद्रास्फीतिले विश्व सामाजिक परिवेशमा हुनसक्ने प्रभावका साथै त्यसले मुलुकको अर्थतन्त्रमा पर्ने नकारात्मक असरबारे धारणा राख्नुभयो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा गठन गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले सामाजिक अन्तर्विरोधको न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य गर्नुपर्ने  बताउनुभयो ।

उहाँले तीन तहको सरकारमा पार्टीको सहभागिता रहेको जनाउँदै जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । विद्यमान समाजवादी मोर्चालाई कायमै राख्नुपर्ने भन्दै उहाँले हालैको राष्ट्रियसभा निर्वाचनको परिणामका आधारमा वर्तमान सत्ता गठबन्धन विभाजित हुन नहुने पनि बताउनुभयो ।

उहाँले बैठकबाट पारित विधानबमोजिम पार्टीको प्रथम महाधिवेशन हुने जानकारी दिनुभयो । सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष डा वेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका, नेकपा ९एमाले० बाट अलग भएर नयाँ पार्टी गठन गर्नुको औचित्यका विषयमा सम्बोधन गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार