श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ : डा. कोईराला

कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्।

आईतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताए।

उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए। उनले भने, ‘नेपाल र चीन नजिकका मित्र हुन्। नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ। चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौँ। तपाईंहरुले पाउनुभएको अनुभवबाट हामीले सिकेर कामहरु अघि बढाउन आवश्यक छ। नेपालमा कोभिड १९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु। कोरोना कालमा चीन सरकारले स्वास्थ्य सामग्रीहरु धेरै नै उपलब्ध गराएको थियो नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै बिस्तार गर्न चाहन्छ।’

नेता कोईरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार