श्रावण १२, २०८१ शनिबार July 27, 2024

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र आमजन्ताको समस्यालाइ नया ढङ्गबाट सम्बोधनकालागि नेपाली काँग्रेसले संवाद यात्राकाे अभियान संचालन गरेकाे बताउनु भएको छ ।

समुदायमा नेपाली काँग्रेस अभियान मेचि काली यात्राका क्रममा सुनसरीको बर्जु गाउँपालिकामा आइपुग्नु भएको हो ।

स्थानियको सुझाव तथा गुनासो सुनेपछी महामन्त्री थापाले स्थानीयस्तरका गुनासा सुन्नकालागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताउनु भयो ।

यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियानभएको स्पष्ट पार्दै महामन्त्री थापाले आफूहरू स्थानिय तहका व्यक्तिकाे प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्याबुझ्ने यात्राको उद्देश्य रहेको बताउनु भयो ।

संवाद यात्रामा उपस्थित भएका सर्वसाधारणले किसानको समस्या,युवा पलायनका विषयमा कुरो उठाएका थिए भने पार्टिको भित्रकाे गुटका वारेमा विरोध समेत गरेका थिए ।
महामन्त्री थापाले सुनसरीको बर्जु,हरिनगर र कोशी गाउँपालिको कार्यक्रमा सहभागी हुनु भएको थियो ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गतेसम्म चल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार