फागुण १३, २०८० आइतबार February 25, 2024

नेकपा एसमा १९९ केन्द्रीय सदस्य, १७ सदस्यीय पदाधिकारी रहने

४० वर्ष मुनिको उमेर समुहलाई २० प्रतिशत प्रतिनिधित्व गराउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी संख्या १९९ रहने भएको छ ।

केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्य १९९ बनाउने निर्णय गरेको हो । हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटी छ । विधान संशोधन गरी १७५ बनाइने प्रस्ताव पेस भए पनि परिषद्को बैठकले १९९ सदस्यीय बनाउने निर्णय गरेको हो ।

केन्द्रीय सदस्य सुदेश पराजुलीका अनुसार केन्द्रीय पदाधिकारीको संख्या १७ रहनेछ । ४० वर्ष मुनिको उमेर समुहलाई २० प्रतिशत प्रतिनिधित्व गराउने निर्णय पनि भएको छ । केन्द्रीय परिषद् बैठक प्रज्ञा भवनमा जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया