श्रावण १२, २०८१ शनिबार July 27, 2024

‘समुदायमा कांग्रेस अभियान’ काठमाण्डौं सातमा बेग्लै रौनक

अभियानको क्रममा पार्टीका जनप्रतिनिधि, नेताले गरेका काम चित्त बुझे/नबुझेको स्थानीयसँग जानकारी लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले भोली मंगलबार माघ १६ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम काठमाण्डौं जिल्लाका फरक–फरक समुदायको बीचमा पुगेर संवाद गर्न कांग्रेसले क्षेत्रगत रुपमा केन्द्रीय प्रतिनिधि खटाएको हो।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय अनरुप वडा तहमा अभियान सञ्चालन गर्न लागेको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यसमेत रहेका महासमिति सदस्य एवं युवा नेता  प्रमोदहरी गुरागाँई भन्छन्ः अभियान ‘कार्यक्रममा मञ्च हुँदैन, भाषण गरिँदैन, वडा तहको पनि टोलमा मात्र कार्यक्रम हुन्छ ।

काँग्रेस नेता प्रमोदहरी गुरागाँई

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारी सहभागी हुनेछन्। उनीहरू सहिद दिवसका दिनदेखि २६ माघ सुशील कोइराला स्मृति दिवससम्म जिल्लाका विभिन्न क्षेत्र अन्तर्गतका वडातहसम्म सकृय रहनेछन्।  ‘किसान, आमा, कृषि समूह, सहकारी, युवा, व्यापारी, शिक्षक, प्राध्यापक, वकिल, कर्मचारी बालबालिका, अभिभावक लगायत २५ बढी समूहका गुनासो हामी सुन्छौँ’ नेता गुरागाँईले युगखबर अनलाईनलाई बताए ।

समुदायमा कांग्रेस अभियानका लागि नेताहरु जिल्ला र वडा तहमा खटिसकेका छन्। अभियानको क्रममा पार्टीका जनप्रतिनिधि, नेताले गरेका काम चित्त बुझे/नबुझेको स्थानीयसँग जानकारी लिने नेता गुरागाँई बताउँछन्।

उनी भन्छन् ‘हाम्रो समुदायमा कांग्रेस कार्यक्रम १० दिन चल्छ, त्यसका लागि कार्यविधि अनुसार नेताहरु खटिनुहुन्छ,’ काठमाण्डौं क्षेत्र नं ७ (क) मा पनि अन्य निर्वाचन क्षेत्रमा जस्तै वडा वडामा सकृय भएर विभिन्न ९ वटा मतदानकेन्द्र आसपासमा १०दिनसम्म हुनेछौं ।

यस्तो छ कार्यक्रम केन्द्रीत कार्यक्रम तालिकाः

माघ १६ गते सिद्धार्थ बनस्थली मतदान केन्द्र
माघ १९ गते लेखनाथ साहित्य सदन मतदान केन्द्र
माघ २० गते युवक मावि तथा व्यास
माघ २१ गते अमृत मतदान केन्द्र
माघ २२ गते तरुण मावि मतदान केन्द्र
माघ २३ गते सरस्वती मतदान केन्द्र
माघ २४ गते माछा पोखरी मतदान केन्द्र
माघ २५ गते शितला मतदान केन्द्र
माघ २६ गते व्याट्री कारखाना मतदान केन्द्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार