काठमाण्डौंः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता शाह महमूद कुरैशीलाई सिफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ ।
मंगलबार रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अडियाला जेलमा यस्तो घोषणा गरेका हुन् ।
न्यायाधीश अबुल हसनत जुल्करनैनले इमरान र कुरैशीको उपस्थितिमा यो फैसला सुनाए । गत वर्षदेखि अडियाला कारागारमा मुद्दाको सुनुवाइ चलिरहेको छ ।
सुनुवाइको क्रममा न्यायाधीश जुल्कारनैनले पीटीआई नेताहरूलाई आफ्ना वकिलहरू अदालतमा उपस्थित नभएको र उनीहरूलाई सरकारी वकिलहरू दिइएको बताए ।
अदालतले यो पनि भन्यो कि कुरैशी र इमरानलाई धारा ३४२ अन्तर्गत प्रश्नहरू सोधिएको थियो । तर, कुरैशीले आफ्नो वकिल उपस्थित नभएकाले आफ्नो बयान रेकर्ड गर्न नसकेको बताए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया