कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशतले कमी

कम्पनीको ब्याज आम्दानी नै घटेपछि नाफा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, १९ माघ । खुद ब्याज आम्दानीमा गिरावट आएपछि इन्फिनिटी लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घटेको छ । लघुवित्तले सार्वजनीक गरेको

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको खुद नाफा १ करोड १४ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको यसै अवधिमा रहेको ४ करोड १० लाख रुपैयाँको तुलनामा ६३.५५ प्रतिशत थोरै हो ।

यसअवधिमा खुद ब्याज आम्दानी २८.६५ प्रतिशतले घटेर १० करोड ८९ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको ब्याज आम्दानी नै घटेपछि नाफा प्रभावित बनेको छ ।

ब्याज आम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी पनि ३१.०७ प्रतिशतले घटेर ४ करोड १० लाख रुपैयाँमा आएपछि खुद नाफामा गिरावट आएको हो । यसको रिजर्भ कोषमा भने ३८.२९ प्रतिशत वृद्धि भएको छ ।

खराब कर्जा ४.९५ प्रतिशतमा स्थिर रहेको छ । यता, खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि १३.८१ रुपैयाँले घटेर ६.०२ रुपैयाँमा सीमित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया