श्रावण ५, २०८२ सोमबार July 21, 2025

चिलीमा डढेलोका कारण ठूलो क्षेत्रको वन नष्ट, ४६ जनाको ज्यान गयो

डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ । केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट भएका र कम्तीमा ४६ जनाको जलेर ज्यान गएको चिलीका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डढेलो ४० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । डढेलोको कारण ठूलो क्षेत्रको वन नष्ट हुनुको साथै कैयौँ वन्यजन्तु तथा पंक्षी मरेको बीबीसीले उल्लेख गरेको छ । बढ्दो तापक्रम र तीव्र गतिको बतासका कारण डढेलो नियन्त्रणमा समस्या भैरहेको चिलीका अधिकारीहरुले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया