काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै उपकुलपति हुन इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।
समितिले यही माघ २२ गते उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्यविधि बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया