कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

तेस्रो लगानी सम्मेलनको तयारी तीव्र

अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न इच्छुक भइरहेकाले यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आगामी बैशाखमा हुन गइरहेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाउन सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।

अर्थ मन्त्रालयमा आयोजना गरिएको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरैभन्दा धेरै लगानी भित्र्याउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न इच्छुक भइरहेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । धेरै लगानी भित्र्याउनका लागि नेपालले आन्तरिक तयारी तीब्र पार्नुपर्ने र आवश्यक कानुनी प्रावधान तथा नीतिगत व्यवस्थाका बारेमा काम गर्न अर्थमन्त्री महतले आग्रह गर्नुभयो ।

सम्मेलनमा नेपालमा लगानीको वातावरण बनाउनु पर्ने, सम्मेलनका लागि सम्भावित परियोजना तयारी समितिले गम्भीरताका साथ काम गर्नुपर्नेमा जोड दिइएको छ । बैठकमा मन्त्रीहरु, मुख्यसचिव, सचिव लगायतको उपस्थिति रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया