असार २१, २०८२ शनिबार July 5, 2025

विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन : राष्ट्रपति पौडेल

दिगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र र वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताउनुभएको छ ।

मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दिगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र र वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिनेछ भन्नुभयो ।

राष्ट्रपति पौडेलले विगतमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ भन्नेमा विशेष जोड दिनुभयो । “समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कृत  र सम्मान गर्दा भावी पुस्तालाई असल  काम गर्न उत्प्रेरित गर्नेछ, असल कामका लागि मानिसहरूलाई उत्प्रेरित गर्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर  काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले  स्वर्गीय मीनकुमारीलगायत उहाँको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गर्नुभयो ।

साथै प्रतिष्ठानले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्र, शिक्षा, स्वास्थ्य तथा खेलकुदलगायत क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार