श्रावण १२, २०८१ शनिबार July 27, 2024

सुदूरपश्चिम प्रदेश सभा : उपकुलपतिको मर्यादाक्रम राज्यमन्त्री सरह बनाउन माग

प्रदेश सभा सदस्यहरूले उपकुलपतिको गरिमालाई ख्याल गर्नुपर्ने जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिको मर्यादाक्रम कम्तीमा राज्यमन्त्री सरहको हुनुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा प्रदेश सभा सदस्यहरूले उपकुलपतिको गरिमालाई ख्याल गर्नुपर्ने जोड दिएका हुन् । प्रदेश सभा सदस्य मानबहादुर रावलले प्रज्ञा प्रतिष्ठानको उपकुलपति सम्माननीय पद रहेकाले त्यसको गरिमा उच्च हुनु पर्ने बताउनुभयो ।

उपकुलपतिलाई उपसचिव स्तर १० औँ तहमा राख्दा प्रतिष्ठानले काम गर्न गाह्रो हुने भन्दै उहाँले थप्नुभयो,“उपकुलपतिलाई गरिमा, सेवा सुविधा राम्रो दिऊँ, काम पनि राम्रो लिऔँ ।”

नेकपा (एमाले) का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा कला, लोकवार्ता, लोकसाहित्यका कुरा समावेश गर्नु पर्ने बताउनुभयो । कुलपति मुख्यमन्त्री नभई आमजनताबाट र उपकुलपति प्राज्ञिक क्षेत्रका व्यक्ति हुनु पर्ने उहाँको भनाइ थियो ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन भएको डेढ भइसकेको छ । तर, प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति लगायत सुदूरपश्चिमको गरिमा बढाउने विषयमा खोज, अनुसन्धान गर्न सकेको छैन । प्राज्ञिक क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप भइरहेको र उपकुलपतिलाई उपसचिव स्तरमा राखिएका कारण प्रतिष्ठानले काम गर्न नसकेको प्रदेश सभा सदस्य शिवसिंह ओलीको भनाइ थियो । उपकुलपतिलाई गरिमा दिनु पर्ने भन्दै उहाँले भन्नुभयो,“कम्तीमा पनि राज्यमन्त्री सरहको सम्मान हुनु पर्दछ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार