फागुण १४, २०८० सोमबार February 26, 2024

मतदाताको शिर झुकाउने काम गर्दिनँ – रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले मतदाताको शिर झुकाउने काम नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मतदाताको शिर झुकाउने काम नगर्ने बताएका छन्। भरतपुरमा पार्टी कार्यकर्ताले शनिबार आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने बताए।

उनले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन्।”

उनले आफूलाई विश्वास गरेर मत दिएकामा धन्यवादसमेत दिए। निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इन्द्रेणीका सञ्चाल कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा
२०८० फागुण १४, सोमबार
संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो
२०८० फागुण १४, सोमबार
इजरायली सेनाद्वारा गाजाका सर्वसाधारणलाई ‘उद्धार गर्ने’ योजना प्रस्ताव
२०८० फागुण १४, सोमबार
यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यामा २५ लाख नाघ्न सक्ने
२०८० फागुण १४, सोमबार
मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको गृहमन्त्रीको दाबी
२०८० फागुण १४, सोमबार
राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त
२०८० फागुण १४, सोमबार
अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी
२०८० फागुण १४, सोमबार