श्रावण ८, २०८२ बिहिबार July 24, 2025

दुबईमा १५ नेपाली अलपत्र – दुई महिनादेखि बन्द कोठामा कामको पर्खाइमा

पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरुको बिचल्ली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् ।

‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँभन्दा बढी पैसा बुझाएर आयौं, तर यहाँ म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब पाएनौं,’ अलपत्र परेका १५ जनामध्येका एक चित्रमणि महतोले भने, ‘हामी यहाँ आएको दुई महिना भयो, कम्पनीले काम दिन्छु दिन्छु मात्र भन्छ, यति तारिख उति तारिख काम दिन्छु भनेको पनि दुई महिना भयो, हामी दुई महिनादेखि बन्द कोठामा कामको पर्खाइमा बसिरहेका छौं ।’

नेपालबाट पठाउने म्यानपावरले पनि फेब्रुअरी १८ तारिखभित्र काम दिने भनेको तर त्यो म्यानपावरको भनाइमा पनि विश्वास गर्ने केही आधार नभएको उनले बताए । आफूहरूले एउटा भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि म्यानपावरले धम्क्याउने गरेको उनीहरूले बताएका छन् । ‘म्यानपावर पोखराको जब प्लेसमेन्ड भए पनि हामीहरू काठमाडौंको कस्तुरी म्यानपावरबाट आएका हौं, त्यो भिडियो किन राखेको भनेर अहिले हामीहरूलाई थर्काउने गरिरहेको छ,’ महतोले भने ।

म्यानपावरले एक साता पर्ख दुई साता पर्ख भन्ने गरेको भन्दै झल्याउने गरेकाले तत्काल आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन पीडितले माग गरेका छन् । आफूहरू कम्पनीको चाइना क्याम्पमा बस्दा खानाको लागि ३५० दिराम दिएको भए तापनि अहिले अर्को क्याम्पमा सारेपछि १०० दिराम दिएको र त्यहाँ खाना पनि महँगो हुँदा त्यो पैसा पनि सकिएर भोकभोकै बस्नुपर्ने अवस्था आएको उनीहरूले बताए ।- राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार