श्रावण १२, २०८१ शनिबार July 27, 2024

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने महिला पक्राउ

मासिक १ लाख ५० हजारसम्म तलब हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरी अनुसन्धानबाट खु्ल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ हाल काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन्।

रावतले राजीव बस्नेतसहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै रु १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनले बस्नेतसहित ३ जनालाई पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक १ लाख ५० हजारसम्म तलब हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीको भनाई छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली बिहीबार नयाँ वानेश्वरबाट पक्राउ गरिएकी रावतलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार