श्रावण १२, २०८१ शनिबार July 27, 2024

माओवादी केन्द्रीय समितिको पाँचौं बैठक : प्रदेश इन्चार्जहरूको रिपोर्टिङ शुरु

सोमबार भोलीसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा कार्य विभाजन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ शुरु भएको छ ।

काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आजदेखि सुरु भएको बैठकमा चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङका क्रममा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गर्दै काठमाडौँ उपत्यकामा भएका समग्र कार्यक्रम र त्यसपछिको साङ्गठनिक अवस्थाबारे जानकारी गराउनुभएको छ ।

बैठकमा सातै प्रदेशका इन्चार्जहरूको रिपोर्टिङ सकिएपछि अन्त्यमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भनाइ राख्नुहुने कार्यसूची रहेको छ ।

भोलीसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा कार्य विभाजन गर्ने तयारी छ ।

केन्द्रीय समिति बैठक लगत्तै माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन बोलाएको छ ।

हिजो शनिबार सकिएको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले मस्यौदा समायोजन गर्ने र पदाधिकारी बैठकले अन्तिम रूप दिने म्यान्डेट दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार