श्रावण १२, २०८१ शनिबार July 27, 2024

एक सातादेखि घट्दै सुनको मूल्य

माघ महिना लगनको सिजनमा पनि कारोबार बढ्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ|: स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस दुुई हजार २४ डलरमा कारोबार भएको छ । बजारमा सुनको मूल्य घटे पनि कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । माघ महिना लगनको सिजनमा पनि कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

आर्थिक मन्दीको प्रभावसँगै उपभोक्ताको क्रयशक्ति बढ्न नसक्दा सुनको कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । लगनको सिजन भए पनि न्युरोडका सुन पसलमा चहलपहल भने न्यून देखिन्छ ।

यसैबिच चाँदीको मूल्यमा समेत कमी आएको छ । गत साता प्रतितोला एक हजार ४१५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर प्रतितोला एक हजार ३९० रुपियाँमा कारोबार भइरहेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार