श्रावण ५, २०८२ सोमबार July 21, 2025

अमेरिकी रक्षा मन्त्री अस्टिनको स्वास्थ्य अवस्था क्रिटिकलपछी अस्पताल भर्ना

अस्टिनको अधिकार उप रक्षा सचिव क्याथलिन हिक्सलाई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिंगटन डिसी, १ फागुन । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको स्वास्थ्य फेरि बिग्रिएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अस्टिनलाई सोमबार बिहान वाल्टर रीड मिलिटरी अस्पतालको क्रिटिकल केयर युनिटमा भर्ना गरिएको छ।

उनको डिसेम्बर २०२३ मा प्रोस्टेट क्यान्सरको शल्यक्रिया गरिएको थियो। यसपछि उनी अनुमति बिना धेरै दिन बिदामा बसेका थिए, जसका कारणा सञ्चारमाध्यममा निकै हंगामा मात्रै भएन, विपक्षीहरूले उनको राजीनामासमेत माग गरेका थिए । तर राष्ट्रपति बिडेन र संसदबाट लिखित माफी मागे पछि उनी गत हप्ता मात्रै राहत पाएका थिए।

समाचार अनुसार अस्टिनका सुरक्षा कर्मचारीहरूले पहिले वाल्टर रीड अस्पताललाई उनको बिग्रँदै गएको अवस्थाको बारेमा जानकारी दिएका छन । यसपछि उनलाई तत्काल अस्पताल लगिएका थियो । यहाँ उनको अवस्था देखेर उनलाई क्रिटिकल केयर युनिटमा भर्ना गरिएको छ ।  सैन्य अस्पतालले अस्टिनको भर्ना पुष्टि गरे पनि थप विवरणहरू दिन भने अस्वीकार गरेको छ ।

उनलाई पिसाब थैलीमा इन्फेक्सन भएको र प्रोस्टेट क्यान्सरको शल्यक्रियापछि पनि निको नभएको बताइएको छ । फक्स न्यूजका अनुसार अस्टिनको स्वास्थ्यलाई नजिकबाट नियालिरहेको बताएको छ। उनी कति दिन अस्पतालमा बस्ने हो ? यसै भन्न सकिने अवस्था छैन । उनको धेरै परीक्षणहरू भइसकेका छन्।

पछिल्लो पटकको गल्ती सच्याउँदै यसपटक अस्टिनको अधिकार उप रक्षा सचिव क्याथलिन हिक्सलाई हस्तान्तरण गरिएको छ । लापरवाहीको आरोपमा हिक्स विरुद्ध हालै अनुसन्धान पनि सकिएको छ।

उनी पुर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार युक्रेन जानुपर्ने थियो, जहाँ नाटोको रक्षा सम्पर्क समूहको बैठक छ। यो बैठकमा नेटो देशका सबै रक्षामन्त्री सहभागी हुदैँछन । युक्रेन र रुसबीचको युद्ध २४ फेब्रुअरीमा दुई वर्ष पूरा हुँदैछ । यस हिसाबले पनि यो भेट महत्वपूर्ण थियो तर रक्षा मन्त्री अस्वस्थ्य भए पछि  अवस्था अर्को तर्फ जाने देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया