श्रावण ६, २०८२ मंगलबार July 22, 2025

माओवादी केन्द्रको विधान अधिवेशन : प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने पक्षमा बलियो मत

प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनावचिह्न फेर्नुपर्ने सुझाव आएको छ । राजधानीमा जारी अधिवेशनमा सहरी समुदायलाई सहज हुने र जनजिब्रोमा झुन्डिने गरी नाम राख्नुपर्ने समूहगत सुझाव छ । नेताहरूले पार्टीको नाम समाजवादी चरित्रको र हालको चुनावचिह्न गोलाकारभित्र हँसिया हथौडा फेरेर सजिलो राख्न सुझाव दिएका हुन् ।

२०५१ सालमा सशस्त्र युद्ध सुरु गर्नुअघि नेकपा एकता केन्द्रको नाम परिवर्तन गरी माओवादी राखिएको थियो । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले २०६५ को संविधानसभा निर्वाचनमा गोलाकारभित्र हँसिया हथौडा चुनावचिह्न प्रयोग गरेको थियो । अब ‘नेकपा समाजवादी’ नाम राख्नुपर्ने अधिकांश समूहको धारणा छ । माओवादी नामको आफ्नै पहिचान भएकाले फेर्न नहुने सुझाव भने कम छ । विधान मस्यौदामाथि विभिन्न २० समूहमध्ये मंगलबार १३ समूहबाट सुझाव प्रस्तुत गरिएको हो ।

सुझाव पेस गर्दै नेता सरल सहयात्री पौडेलले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, संगठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए । उनको समूहले अध्यक्षको दुई कार्यकाल र अरू पदाधिकारीको कार्यकाल तोक्न नहुने सुझाव दिएको छ । स्थानीयदेखि संघसम्म दुई पटक मात्र जनप्रतिनिधि हुनुपर्ने मत ठूलो छ । ‘पदाधिकारी र सदस्यको प्रत्यक्ष निर्वाचन हुनुपर्छ । समानुपातिक क्लस्टरमा पनि चुनावकै विधिमार्फत निर्वाचन हुनुपर्छ,’ सहयात्रीले समूहको सुझाव प्रस्तुत गरे । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति तोक्न पनि माग गरे ।

नेता युवराज चौलागाईंले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समितिको आवश्यकता नभएको बताए । ‘पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्छ,’ उनको भनाइ थियो । उनले सबै तहको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्ने सुझाव पेस गरे । ‘तीन पटकभन्दा बढी राजकीय पदमा नजाने व्यवस्था नगरौं । सक्रिय राजनीतिका लागि उमेर हद तोकौं । मन्त्री, मुख्यमन्त्री आदि बनाउने जिम्मा प्रदेशलाई नै दिऔं,’ उनको सुझाव थियो ।

सुझाव पेस गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रूपमा राख्नुपर्ने बताइन् । दिलीपकुमार प्रजापतिले केन्द्रीय समिति आकार अझै घटाउनुपर्ने बताए । ‘केन्द्रीय सदस्यको संख्या सकेसम्म १५१ भन्दा कम गर्नुपर्छ,’ उनले भने, ‘पूर्णकालीन पार्टी सदस्यको व्यवस्था स्पष्ट रूपमा व्यवस्था गर्नुपर्छ ।’ त्यसैगरी कुमार पौडेलले घाइते तथा पूर्वजनमुक्ति सेनालाई विशेष व्यवस्था गर्नुपर्ने धारणा राखे ।

विधान मस्यौदामाथि परशुराम रम्तेलले पार्टी एकता, आन्तरिक मूल्यांकन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछूतलाई गम्भीर रूपमा लिने व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले पनि चुनावचिह्न फेर्नुपर्ने सुझाव समूहमा आएको बताए । वामदेव क्षेत्रीले विधानलाई छरितो र कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव दिँदै प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी व्यवस्था गर्न माग गरे । हरिराज अधिकारीले नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव पेस गरे । यही अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव रञ्जित तामाङले दिए ।

विधानको प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने ओम शर्माको भनाइ थियो ।

झक्कुप्रसाद सुवेदीले वैज्ञानिक समाजवादमा जाने गरी प्रस्तावना लेखिनुपर्ने सुझाव दिए । नागरिकता पाएपछि पार्टी सदस्य दिनुपर्ने व्यवस्था गर्न र स्थायी समिति हटाउनुपर्छ,’ उनको भनाइ थियो । मंगलबारदेखि सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार ७ समूहले सुझाव पेस गर्ने तय भएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार