श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एसईई २०८० : आजबाट प्रश्नपत्र छपाइ शुरू

यो वर्षको परीक्षामा ५ लाख ४ हजार विद्यार्थीलाई पुग्ने गरी करिब ५० लाख थान प्रश्नपत्र छपाइ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र आज शुक्रबारबाट छपाइ शुरू हुने भएको छ। पाँच दिनअघि बसेको सुरक्षा समितिको बैठकको निर्णयपछि आजबाट छपाइ शुरू हुने भएको हो।

प्रश्नपत्र छपाइ गर्न राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलसहितको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस) मा प्रवेश गरेको छ।

यो वर्षको परीक्षामा ५ लाख ४ हजार विद्यार्थीलाई पुग्ने गरी करिब ५० लाख थान प्रश्नपत्र छपाइ हुनेछ । परीक्षामा नयाँ, पुरानो र ग्रेडवृद्धि परीक्षाको छुट्टछुट्टै प्रश्नपत्र छपाइ हुनेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ।

नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाइ शुरू हुन लागेको हो। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले ७५ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिनुभएको छ।

सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्। प्रेसभित्र नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ४० जना कर्मचारी परिचालित छन्।

परीक्षा नियन्त्रक पौडेलले प्रश्नपत्र छपाइ गर्न सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो। प्रबन्ध सञ्चालक झाले फागुन मसान्तभित्र सबै प्रश्नपत्र छपाइ भइसक्ने जानकारी दिनुभयो।

रेक्युरिटी प्रेसको सुरक्षा दिन सशस्त्र र नेपाल प्रहरीको टोली बिहीबार प्रेसमा पुगिसकेको छ । प्रश्नपत्र छाप्न पहिलो घेरामा नेपाली सेनाको सेनानीको कमान्डमा रहने गरी २७ जना सेना परिचालित छन् ।

छपाइ भइसकेको प्रश्नपत्र जनक शिक्षाबाटै सम्बन्धित केन्द्रम ढुवानी हुनेछन् । बोर्डले प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरी इलाका र जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पुर्‍याउने व्यवस्था गरेको छ।

बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउने छ। हरेक विषयको फरकफरक सेट प्रश्नपत्र छपाइ गर्नेछ। परीक्षामा साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ।

जनक शिक्षासँग रहेको दुईवटा सेक्युरिटी प्रेसमा प्रश्नपत्र छपाइ हुनेछ । सेक्युरिटी प्रेसमा नेपाली सेना र जनक शिक्षाकै सम्बन्धित कर्मचारीबाहेक कसैलाई पनि प्रवेश दिइँदैन। चैत १५ गतेबाट हुने परीक्षा चैत २७ मा सकिने छ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ।

परीक्षामा करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक पौडेलले यो वर्ष कोशी प्रदेशमा ३९ हजार, ६ सय ७५ छात्र र ४० हजार ४ सय ८४ छात्रा, मधेसमा ४२ हजार ४ सय ६ छात्र र ४० हजार ७ सय ७९ छात्रा, वागमतीमा ५३ हजार ३७ छात्र र ५० हजार ४ सय २० छात्रा, गण्डकीमा २१ हजार ६ सय ३६ छात्र र २० हजार ८ सय ५३ छात्रा सहभागी हुने जानकारी दिनुभयो ।

लुम्बिनीबाट ४५ हजार २ सय २१ छात्र र ४५ हजार ८ सय ५२ छात्रा, कर्णाली प्रदेशबाट १६ हजार २ सय छात्र र १६ हजार ३ सय १८ छात्रा र सुदूरपश्चिम प्रदेशबाट २७ हजार ८ सय ९ छात्र र २८ हजार ७ सय १६ छात्रा सहभागी हुनेछन्। बोर्डले परीक्षाको प्रश्नपत्र निर्माण र परीक्षाफल प्रकाशित गर्नेछ।

प्रदेश मन्त्रालयको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा हुने परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले परीक्षा सञ्चालन गर्नेछ। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार