श्रावण ५, २०८२ सोमबार July 21, 2025

पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलमा मृत्यु

पुटिन आलोचक नाभाल्नीको दुर्गम जेलमा होश गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको छ ।

रूसको राज्य मिडियाले उग्रवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेको क्षेत्रको जेल सेवालाई उद्धृत गर्दै भनेको छ कि उनको मृत्यु भएको छ ।

तर, उनको टोलीबाट ४७ वर्षीयाको मृत्युको तत्काल पुष्टि भएको छैन । नाभाल्नीका प्रवक्ता किरा यार्मिशले भने कि उनका वकिल आर्कटिक सर्कलको उत्तरमा दुर्गम जेलमा रहेका थिए ।

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका हुन् । कारागार सेवाले पुटिन आलोचक नाभाल्नीको दुर्गम जेलमा होश गुमाएको र उनको मृत्यु भएको जनाइएको छ ।

क्रेमलिनका दुश्मन मानिएको नाभाल्नी सम्पर्क हराएको हप्ता पछि आर्कटिक जेलमा रहेको जनाइएको थियो । ‘मेरो चिन्ता नगर । म ठीक छु’ आर्कटिक जेलबाट क्रेमलिन आलोचक नाभाल्नीले भनेको केही दिन अघि सार्बजनिक भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया