श्रावण ५, २०८२ सोमबार July 21, 2025

रुसमा नाभाल्नीको सम्झनामा गरिएका शोक सभाबाट एक सयभन्दा बढी पक्राउ

मृत्युको खबरलेरूसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीको स्मृतिमा राखिएको शोक कार्यक्रमका सहभागी स्मारकमा १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानव अधिकारवादी समूहले शनिबार जनाएको छ ।

क्रेमलिनका ४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रूसी अधिकारीहरूले बताएका थिए ।

Russia arrests nearly 5,000 at wide protests backing Navalny | PBS News  Weekend

मृत्युको खबरलेरूसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबेका छन् । रूसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिसहरू भेला भएका थिए र केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजले देखाएको छ ।

ओभीडी–इन्फोका अनुसार फेब्रुअरी १७ सम्ममा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गका ६४ सहित १० शहरमा १०१ भन्दा बढीलाई हिरासतमा लिइएको छ ।

राजधानी मस्कोमा ११ जना र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर शहरमा ११ जनालाई हिरासतमा लिइएको छ । रूसमा असहमति विरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ र अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने ¥यालीमा कडाइ गरेका छन् ।

रूसको राजधानी मास्कोको मध्यभागमा हुने विशाल ¥यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित नहुन चेतावनी दिइएको रूसी प्रशासन र सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया