श्रावण ५, २०८२ सोमबार July 21, 2025

इजरायलले गर्‍यो लेबनान माथी हमला, हताहत भए नभएको अझै खुलाइएन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अहिब, ८ फागुन । इजरायली सेनाले दक्षिणी लेबनानको तटीय सहर गाजियाहमा कम्तिमा दुईवटा हवाई हमला गरेको छ ।

इजरायली सेना र लेबनानी सरकारी मिडियाका अनुसार इजरायली हमलामा के कति हताहत भए अहिलेसम्म खुलेको छैन ।

लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र इजरायलले अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा गाजामा आक्रमण सुरु गरे देखि सीमानामा  दैनिक गोलीबारी गर्दै आएका छन्।

‘इजरायली युद्धक विमानहरूले गाजियाह सहरमा आक्रमण गरे,’ राज्य संचालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले भनेको छ । थप विवरणहरू प्रदान नगरी एउटा गाडीलाई लक्षित गरी एम्बुलेन्सहरू घटनास्थलमा पुगेको तर सो हमलाबाट हताहत भए नभएको तत्काल स्पष्ट हुन सकेको छैन ।

यो सहर दक्षिणी बन्दरगाह सहर सिडोनबाट करिब ५ किलोमिटर (३ माईल) टाढा र इजरायलको सिमानाबाट करिब ६० किलोमिटर (३७ माइल) उत्तरमा अबस्थित रहेको छ ।

इजरायली सेनाका प्रवक्ता भने, “हामीले आज दिउँसो टिबेरियास क्षेत्र नजिकै भेटिएको शत्रुको जहाजको विस्फोटको प्रतिक्रियामा सिडोन नजिकै हिजबुल्लाह हतियार भण्डारहरूलाई निशाना बनायौं। हामी हिजबुल्लाह हमलाहरूको जवाफमा बलपूर्वक कार्य जारी राख्नेछौं। ”

हिजबुल्लाहबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया