श्रावण ५, २०८२ सोमबार July 21, 2025

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपात : चिसोले ६ लाख ६७ हजार पशु मरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ ।  जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको  मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ।

यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ ।

Severe snowstorm hits Mongolia - Caritas

मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात  भएको छ । बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म  मङ्गोलियामा अत्यधिक  चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ।

मङ्गोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया