काठमाण्डौंः साताको अन्तिम दिन आज सुनको मूल्यमा स्थिरता कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला आजपनि सोही मूल्य कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया