श्रावण ५, २०८२ सोमबार July 21, 2025

मध्य गाजामा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु

दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल–अक्सा शहीद अस्पतालमा सारिएको बताएको छ । सुरक्षा स्रोतहरूले इजरायली आक्रमणमा छिमेकमा गम्भीर क्षति पुर्‍याएपछि मानिसहरूलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन् ।

चिकित्सा स्रोतहरूका अनुसार अल–अक्सा शहीद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया