श्रावण १२, २०८१ शनिबार July 27, 2024

इन्द्रेणीका सञ्चाल कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

मुलुकी अपराध संहिताको दफा २२४ को कसुरमा कँडेलविरुद्ध मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ।

जिल्ला अदालत काठमाडौँमा एक महिलाले आइतबार कँडेलविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । कँडेलबाट आफूमाथि पटक पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएकी हुन्।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले मुलुकी अपराध संहिताको दफा २२४ को कसुरमा कँडेलविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए।

सो दफामा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन नहुने भनिएको छ। यस मुद्दामा कँडेल दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुन सक्ने कानूनी व्यवस्था छ।

महिलाकै कोठामा समेत पुगेर कँडेलले करणीको प्रयास गरेको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार