श्रावण ५, २०८२ सोमबार July 21, 2025

रूसी सेनामा काम गर्ने भारतीयको मृत्यु, भारतले गर्‍यो दर्जनौंको उद्दार

केही दिनदेखि रुसी सेनामा भर्ना भएका धेरै भारतीयले फिर्ता आउन माग गरिरहेको समाचार बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, १५ फागुन । रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतको पहलकदमी पछि रूसी सेनाले उनीहरुलाई रिहा गरेको अवस्था छ । युक्रेनमा युद्ध लड्न पठाइएका भारतीयको मृत्यु भएपछि मन्त्रालयको यो
तथ्य बाहिर आएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार केही दिनदेखि रुसी सेनामा भर्ना भएका धेरै भारतीयले फिर्ता आउन माग गरिरहेको समाचार आएको जनाएको छ । ‘हामीले यो विषय रुसी सरकारसँग उठाएका छौं। यसपछि धेरै भारतीयहरू रुसी सेनाबाट डिस्चार्ज भएका छन् । भारतीयहरूको सुरक्षा हाम्रो प्राथमिकता हो,’ मन्त्रालयले भनेको छ ।

गत फेब्रुअरी २३ मा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए कि केही भारतीयहरूले रूसी सेनामा सहायक कामका लागि सम्झौतामा हस्ताक्षर गरेका छन । र, पछि उनलाई युद्ध लड्न पठाइयो। यस विषयमा भारतीय दूतावासले रुसी अधिकारीहरूसँग सम्पर्क राखेको थियो । ‘उनीहरुलाई बचाउने प्रयास गरिरहेका छौं, यस बीचमा  हामी सबै भारतीयहरूलाई सतर्क रहन र युद्धबाट टाढा रहन अपील गर्दछौं,’ मन्त्रालयले भनेको छ ।

सोही क्रममा गुजरातको सुरत निवासी हेमिल अश्विनभाई मंगुकियाको युक्रेनमा मृत्यु भएको हो । ह्यामिललाई रुसी कम्पनीमा सामेल हुन लगाइयो। पछि कम्पनीले उनलाई युद्ध लड्न पठायो। ह्यामिललाई वाग्नरको सेनामा सामेल हुन भनियो । उनको मृत्यु हुनुभन्दा केही घण्टा अघि ह्यामिलले आफ्नो परिवारसँग करिब २ घण्टा कुरा गरेका थिए, भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार अनुसार उनको परिवारका सदस्य अतुल मांगुकियाले भने, ‘फेब्रुअरी २३ मा ह्यामिलका बुवाको फोन आएको थियो । उनले छोराको मृत्युको खबर पाएका थिए । हामीले पत्याएनौं, त्यसैले हामीले छानबिन गर्‍यौं। अन्ततः फेब्रुअरी २५ मा यो पुष्टि भयो कि ह्यामिल रूस युक्रेन युद्धमा मारिए ।

अतुल मङ्गुकियाका अनुसार ह्यामिल डिसेम्बर १४ मा चेन्नईबाट रुस गएका थिए । उनले रुसी सेनामा हेल्परको काम गरेको जानकारी सामाजिक सञ्जालमार्फत पाएका थिए । रुसी कम्पनीका एजेन्टको निर्देशनमा उनी रुस गए । गत महिना उनको खातामा २.३ लाख भारतीय रुपैयाँ तलब जम्मा भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया