असार २१, २०८२ शनिबार July 5, 2025

राष्ट्रिय सभाको अध्यक्ष नछाडन माओवादी केन्द्र भित्र नेतृत्वलाई दवाव

काँग्रेस महासमिति बैठकबाट भएका निर्णय र पारित प्रतिवेदनले गठबन्धनमा के कस्तो प्रभाव राख्छ भन्ने विषयमा पार्टी नेतृत्वाई स्पष्ट पार्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले नेपाली काँग्रेस भर्खरै सम्पन्न महासमिति बैठकका निर्णयबारे चर्चा गर्दै त्यस बारे पार्टी नेतृत्व स्पष्ट हुन आग्रह गरेका छन् ।

पार्टी मुख्यलय पेरिशडाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरुले काँग्रेस महासमिति बैठकबाट भएका निर्णय र पारित प्रतिवेदनले गठबन्धनमा के कस्तो प्रभाव राख्छ भन्ने विषयमा पार्टी नेतृत्वाई स्पष्ट पार्न आग्रह गरेका हुन ।

सत्ता सहयात्री दल नेपाली कांग्रेसको महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव र माओवादीले नेतृत्व गरेको दश वर्षे युद्ध आवश्यक नभएको भनि उल्लेख गरिएको उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्तावका सम्वन्धमा आफ्नो दल स्पष्ट हुनुपर्ने धारणा नेतारुले राखेका थिए ।

आजको बैठकमा काँग्रेस महासमिति बैठकले पारित गरेका प्रस्तावका विषयमा नेताहरुले धारणा राख्नुका साथै राष्ट्रिय सभाको अध्यक्षमा आफ्नै दलको उम्मेदवार उठाउनु पर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो ।

‘बैठकमा राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र, त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ। अधिकांशले चाहिँ राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ।’ प्रवक्ता सापकोटाले भन्नुभयो ।

भोलि बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्षका विषयमा निर्णय हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार