वैशाख ५, २०८१ बुधबार April 17, 2024

जनता दलका नेता माझी आजपा प्रवेश

प्रभु साहले खाँदा ओढाएर टिका लगाएर गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गरेका छन्। बुधवार काठमाण्डौ स्थित पार्टी अध्यक्ष साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गरेका हुन्।

नवप्रवेशी नेता माझी लाई पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खाँदा ओढाएर टिका लगाएर स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया