चैत्र १३, २०८१ बुधबार March 26, 2025

माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।

आजबाट सम्पन्न माओवादीको स्थायी कमिटी बैठकपछि बोल्दै माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले सो कुरा जानकारी गराएका हुन् ।

बैठकमा धेरै स्थायी कमिटी सदस्यहरुले राष्ट्रिय सभा अध्यक्ष आफूहरुले पाउनुपर्ने धारणा राखेको उनले बताए ।

आगामी फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ । त्यसका लागि सत्ता गठबन्धनभित्र भागबण्डा मिलेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया