श्रावण १२, २०८१ शनिबार July 27, 2024

वडा अध्यक्षले माफी मागेपछि नेपालगञ्ज उपमहानगरका कर्मचारीको आन्दोलन स्थगित

कर्मचारीसमक्ष माफ मागेपछि कर्मचारी काममा फकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दुई दिनदेखि आन्दोलनरत नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी काममा फर्किएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारबाहीको माग गर्दै उपमहानगरपालिकाका कर्मचारीहरू बुधबारदेखि पेन डाउन गरेर आन्दोलित भएका थिए । शेषले आज उपमहानगरपालिका कार्यालयमै उपस्थित भएर कर्मचारीसमक्ष माफ मागेपछि कर्मचारी काममा फकिएका हुन् ।

मङ्गलवार दिउँसो वडाध्यक्ष शेषले कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुने गरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका थिए ।

जनप्रतिनिधि एवम् कर्मचारीलाई झुटो लाञ्छना लगाउने, मानमर्दन हुने गरी अवाञ्छित क्रियाकलाप गर्ने जस्ता कार्य अति नै निन्दनीय भएको भन्दै कर्मचारीहरूले वडा अध्यक्ष शेषमाथि कडा कारबाहीको माग गरेका थिए । उनले माफी मागेपछि कर्मचारी काममा फर्कन सहमत भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार