श्रावण १२, २०८१ शनिबार July 27, 2024

राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेजमा छलफल गर्ने नेकपा एसको निर्णय

अब केही नेताहरू बीचका  वैचारिक मतभिन्नतालाई पनि एउटै दस्ताबेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय  महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्ताबेज प्रस्तुत निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न  एउटै दस्ताबेज छलफलमा लैजाने सर्व सम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । अब केही नेताहरू बीचका  वैचारिक मतभिन्नतालाई पनि एउटै दस्ताबेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिने छ ।

यही फागुन १५ गतेदेखि आजसम्म केन्द्रीय कार्यालयमा भएको बैठकमा  पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, सङ्गठनात्मक कार्यदिशाबारे गहन छलफल भएको थियो ।  देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता र सद्भाव प्रवर्द्धनलाई दस्ताबेजमा समेटिने प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो ।

महाधिवेशनमा विधान सम्मेलनमा पारित प्रतिवेदन, राजनीतिक, आर्थिकलगायत प्रतिवेदनमा थप छलफल गरिने छ । मस्यौदामा सुझाव सङ्कलन गर्न जिल्ला तहका कार्यकर्तालाई मस्यौदा पठाइसकिएको छ । उनीहरूका सुझाव समावेश गरी   तयार गरिने दस्ताबेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति समावेश गरिने छ । दस्ताबेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार