बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

एकाबिहानै ट्रिपरले सुमोलाई ठक्कर दिदाँ २ को मृत्यु, तीन जना घाईते

सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो । बुलेरोमा ५ जना रहेको तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया