मंग्सिर २२, २०८१ शनिबार December 7, 2024

प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने राप्रपाको तयारी

दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको संसद बैठक अवरोध गर्ने भएको छ । दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले शुक्रबारको प्रतिनिधिसभाको बैठक अवरोध गर्न लागेको हो ।

यसअघि फाल्गुन १३ गतेको बैठकमाराप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यस विषयमा धारणा राखेका थिए । दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित लगायतको समस्या समाधानका लागि सरकारले ठोस काम नगरे बैठक अवरोध गर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया