श्रावण १२, २०८१ शनिबार July 27, 2024

बलेरो दुर्घटना अपडेट : मृतकको सङ्ख्या तीन पुग्यो, दुईजना गम्भीर

ट्रिपर र चालक सुन्दरहरैंचा-७ का चन्द्रबहादुर विक प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् । त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बेलबारी दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२-००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-क-००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताउनुभयो ।

प्रहरीले ट्रिपर र चालक सुन्दरहरैंचा-७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार