असार २१, २०८२ शनिबार July 5, 2025

प्रतिनिधिसभा बैठक : अनुगमन तथा मूल्याङ्कन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाको अर्को बैठक फागुन २१ गते सोमबार बिहान ११ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० लाई पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको अनुगमन तथा मूल्याङ्कन विधेयक सभाको बहुमतले पारित गरेको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीको तर्फबाट खानेपानी मन्त्री महेन्द्र राय यादवले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत भएको छ ।

यसैगरी, बैठकमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सदस्यको नाम हेरफेर गरिएको जानकारी गराउनुभयो ।

यस्तै, बैठकमा परराष्ट्र मन्त्री एन.पी साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नुभयो ।

यसअघि, बैठकको विशेष समयमा सांसदहरुले संसद्मा उठेका विषयमा सरकार गम्भीर बन्नुपर्ने, जनताका समस्या समाधान गर्न सरकार जिम्मेवार बन्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन २१ गते सोमबार बिहान ११ः०० बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार